आवर मोटर्सको ग्राण्ड एक्सचेन्ज अफर

काठमाण्डौं,२६ साउन

कीर्तिपुर र बालाजुस्थित आवर मोटर्सको टीभीएस ब्राण्डका मोटरसाइकल एवं स्कूटी शोरूममा जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल लिएर गए पनि साटिदिने अफर ल्याएको छ ।

ब्ल्यूबुक नै नभएका थोत्रा, पुराना र कबाड मोटरसाइकल लिएर आए पनि टीभीएसका नयाँ मोटरसाइकल दिने प्रस्तावले बाइक राइडरहरू खुशी भएका छन् ।

बालाजुचोकस्थित NIC Bank सँगैको शोरूममा आउँदो भदौ ४ देखि ९ गतेसम्म र कीर्तिपुर, ट्याङ्लाफाँट, मङ्गल स्कूलको पछाडी अवस्थित शोरूममा यही २९ साउन देखि भदौ २ गतेसम्म सट्टापट्टा गर्न लागिएको प्रबन्ध निर्देशक बाबुराजा महर्जनले बताएका छन् ।

यसका स्पेयर पार्ट्सहरू बजारमा सजिलै र सस्तो दरमा सर्वत्र पाइन थालेपछि माइलेज दिने टीभीएसका स्टाइलिस बाइकहरूको बिक्री संख्या नेपालमा ह्वात्तै बढेको छ ।

बलियो इन्जिनका साथै स्कूटीका बाहिरी कभर समेत मेटलमा आउन थालेपछि यो ब्राण्डका मोटरबाइकको बिक्री बढेको कीर्तिपुरका स्थानीय प्रतिष्ठित व्यवसायी अनिश नापित बताउँछन् ।

टीभीएसकै स्कूटी चढ्दै आएकी राधिका महर्जन भन्छिन् – `यसमा पेट्रोल हाल्न परे अरूमा जस्तो सिट खोलेर उचालिरहनु पर्दैन । अझ सिट मूनि मोबाइल चार्ज गर्न सकिने सुविधा पनि भएकोले मैले यसकै स्कूटी चढ्दै आएकी छु ।´

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.