टीभीएसको `स्ट्राइकर´

काठमाडौं, २६ साउन
नेपालका लागि टीभीएस मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘नयाँ टीभीएस स्ट्राइकर १२५’ नेपाली बजारमा उपलब्ध गराएको छ । एक कार्यक्रमका बीच टीभीएस स्ट्राइकरका ब्रान्ड एम्बेसडर निखिल उप्रेतीले मोटरसाइकल सार्वजनिक गरे । १२५ सिसी इन्जिन क्षमताको यो मोटरसाइकलको मूल्य १ लाख ७४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
मोटरसाइकल तीनवटा रङ क्रिमसन ह्वाइट, भोल्क्यानो रेड र मेटालिक ब्लु गरी तीन रङमा उपलब्ध छ । नेपाली बजारमा यसले स्प्लेन्डर, साइन, डिस्कभर लगायतसँग प्रतिस्पर्धा गर्ने छ । टीभीएस स्ट्राइकरले ८.१ बीएचपी पावर र १०.८ एनएम टर्क प्रदान गर्छ । यसमा ४ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ । यसको अगाडिको पाङ्ग्रामा डिस्क र पछाडिको पाङ्ग्रामा ड्रम ब्रेक रहेको छ । १०७५ मिलिमिटर उचाई रहेको यो मोटरसाइकलमा १४.५ लिटर क्षमताको इन्धन ट्याङ्की छ ।
   
स्टाइलिस ट्याङ्की भएको यो मोटरसाइकलमा ट्युबलेस टायर प्रयोग गरिएको छ । यो मोटरसाइकलमा फुल्ली डिजिटल स्पिडोमिटर छ भने टेल ल्याम्पमा एलईडी प्रयोग गरिएको छ । यो मोटरसाइकल बिशेषतः नेपालकै लागि निर्माण गरिएको जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवाल बताउँछन् । बंगलादेशमा परीक्षण गरेपछि नेपालमा बिक्रीका लागि ल्याएको समेत अग्रवालले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.