तालिवानले एकपछि अर्काे प्रान्तलाई आफ्नो नियन्त्रणमा लिएपछि अफगानिस्तान झनै अशान्त बन्दै गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विद्रोही समूह तालिवानले ३४ मध्ये आधाभन्दा बढी प्रान्त आफ्नो नियन्त्रण लिएको उल्लेख गरेका छन् ।
राजधानी कावुल नजिकै रहेका र पहिला तालिवानको कम उपस्थिति रहेका प्रान्तहरु समेत तालिवानले कब्जामा लिएको छ। सरकारी सुरक्षा फौज र तालिवानबीचको भिडन्तमा सयौं घाइते भएका छन् भने हजारौं विस्थापित भएका छन् । हजारौं व्यक्तिहरु सुरक्षा खोज्दै राजधानी कावुलतर्फ हिँडेका छन् । पछिल्लोपटक तालिवानले पटिका र कुनर प्रान्तलाई आफ्नो नियन्त्रणमा लिएको छ ।