नेपाली सेनाको टोलीमाथी विद्रोही फौजद्धारा आक्रमण, ५ जनाको मृत्यु

अफ्रिकी मुलुक कंगोमा गस्तीमा रहेको नेपाली सेनाको टोलीमाथी विद्रोही समुहले आक्रमण गरेको छ । कंगोमा लामो समयदेखी आतंक मचाइरहेको नेगेटिभ फोर्स (माई माई) भन्ने विद्रोही समुहले सेनाको गस्ती टोलीमाथी आक्रमण गरेपछि सेनाले जवाफी हमला गर्दा ५ जना विद्रोहीको मृत्यु भएको छ ।

 

नेपाली सेनातर्फ दुई जना अमल्दार घाईते भएको सेनाले जनाएको छ । घाईते हुनेमा अमल्दार राम बहादुर कार्की र अर्जुन बहादुर भुजेल रहेका छन् । घाईतेहरुलाई आईसियुमा राखेर उपचार भइरहेको छ । दुवै जना घाईतेहरुको स्थिती खतरामुक्त रहेको छ ।

 

सहसेनानी लोकबहादुर वस्नेत नेतृत्वको टोलीमाथी विद्रोहीले आक्रमण गरेको थियो । सैनिक स्रोतकाअनुसार स्थानीय वासिन्दालाई ढालको रुपमा प्रयोग गरेर उनिहरुले सेनाको गस्तीलाई एम्बुसमा पारेको थियो । जवाफमा सेनाले कार्वाही गर्दा उनिहरु त्यहाँबाट भागेका थिए ।

 

सैनिक प्रवक्ता सहायकरथी झंकर बहादुर कडायतले कंगोमा दोहोरो भिडन्त भएको पुष्टी गरे । “कंगोमा सेनाको गस्तीमाथी आक्रमण भएको हो,अहिले अवस्था सामान्य भइसकेको छ ।” सैनिक प्रवक्ता सहायकरथी कडायतले भने ।

 

कंगोको कावसा भन्ने ठाउमा नेपाली सेनाको टोलीमाथी आक्रमण भएको थियो । विद्रोहीको गोली लागेर सेनाको युएन १३३९० नम्वरको एपीसीमा समेत क्षती पुगेको छ ।

 

घटनास्थल सेनाको नियन्त्रणमा आएको सेनाले जनाएको छ । सेनानी रामबहादुर लामाको कमाण्डमा २९ जना घटनास्थलमा बख्तरवन्द गाडीसहित परिचालन भएको छ । सेनाले घटनास्थलवाट एके ४७ नाल २ थान ,एके भरेको म्याग्जीन २ वटा र एके लिङ्कस १ थान बरामद गरेको छ ।

 

हाल कंगोमा नेपाली सेनाको शमशेर दल बटालियन कार्यरत छ । उक्त गणका गणपति प्रमुख सेनानी रत्न बहादुर गोदार रहेका छन् । काठमाडौं टुडे

 

शान्ति मिसनमा जाने नेपाली सेनाको तलब फेरि बढ्यो

संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकमा तैनाथ नेपाली सुरक्षाकर्मीको पारिश्रमिक फेरि बढाएको छ । गत साता राष्ट्रसंघ सुरक्षा परिषद्ले शान्तिमिसनमा कार्यरत फौजको तीन वर्षे (सन २०१७ सम्मको ) पारिश्रमिक तालिका सार्वजनिक गर्दै मासिक तलब/भत्ता वृद्धि गरेको हो ।

 

सन् २०१४ जुलाई १ देखि लागू गरिएको प्रतिमहिना १३३२ अमेरिकी डलरलाई २०१५ जुलाई १ देखि १३६५ र २०१६ जुलाई १ देखि १४१० डलर बनाइने तालिकामा उल्लेख गरिएको कारोबारमा खबर छ ।

 

यसबाहेक शान्ति सैनिकलाई दैनिक १.२८ डलर अतिरिक्त भत्ता उपलब्ध हुन्छ । बिदाको समयमा जिम्मेवारी निर्वाह गरेबापत प्रत्येक सुरक्षाकर्मीले प्रतिदिन १०.५० डलर भत्ता पाउनेछन् । गत वर्ष सेवा-सुविधा हेरेफेर हुनुअघि १ शान्ति सैनिकले मासिक १०२८ डलर तलब पाउँथे ।

 

हृातहतियार, गोलीगठ्ठा, बख्तरबन्दलगायत सुरक्षा व्यवस्थापन र रासनलगायत ‘लजिस्टिक’ तर्फको खर्च प्रत्येक ३/३ वर्षमा समायोजन हुँदै आए पनि सन् १९९५ यता भने शान्ति सेना/प्रहरीको पारिश्रमिक बढेको थिएन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.