फेसबुकको नयाँ फिचर आउँदै, अब ‘भिडियो देखाउनुस्, पैसा कमाउनुस्’

फेसबुक प्रयोगकर्ताहरुले चाँडै नै नयाँ फिचर ‘वाच फेसबुक ट्याब’ अर्न्तगत ‘अनलाइन फेसबुक टेलिभिजन’ हेर्न र आफैँ चलाउन पाउने भएका छन् ।

 

मोबाइल र डेस्कटप दुबै भर्सनमा उपलब्ध हुने यस फिचरलाई अमेरिकामा रहेका केहि प्रयोगकर्ताहरुमाझ शुक्रबार (भोलि)बाट परिक्षण गरिने द गार्जियनले उल्लेख गरेको छ ।

 

परम्परागत टेलिभिजन, युट्युब च्यानल, नेटफिक्स लगायत अन्य अनलाइन टेलिभिजन-शोलाई प्रतिस्पर्धा गर्ने उद्धेश्यले प्रयोगकर्तामाझ फेसबुकले यस्तो फिचर सार्वजनिक गर्न लागेको हो ।

 

ब्यक्तिगत रुपमा उपलब्ध गराइने नयाँ फिचरमा प्रयोगकर्ताहरुले विभिन्न ‘रेर्कडेट’ तथा प्रत्यक्ष टेलिभिजन कार्यक्रमहरुसमेत हेर्नसकिने छन् । साथै, प्रयोगकर्ताहरुले भिडियो तथा रोचक कार्यक्रमहरु निर्माण गरी प्रत्यक्ष तथा रेर्कड गरी अरुलाई देखाउन सकिने छ । यसवापत तपाँईले पैसासमेत कमाउन सक्नुहुनेछ । आफ्नो भिडियो कार्यक्रम अरुले हेरेवापत विज्ञापनबाट कमाइ हुने रकममध्ये ४५ प्रतिशत फेसबुक आँफैले राख्नेछ भने ५५ प्रतिशत प्रयोगकर्ताले पाउने छन् ।

 

यस फिचरमा आफ्ना शाथीभाईले कस्तो भिडियो हेरिरहेको छन् ? आफ्नो सर्कलमा कुन भिडियो तथा कार्यक्रम ‘ट्रेन्डिङ’मा छ सबै हेर्न सकिने छ । जसबाट थप नयाँ कार्यक्रमहरुबारे थाहा पाउन सकिने छ ।

 

प्रयोगकर्ताहरुले भिडियोबारे दर्शकको प्रतिकृयाहरु हेर्न सक्नेछन् । साथै, विभिन्न शाथीभाईसँग समुह बनाई निश्चित कार्यक्रमहरुको लक्षित दर्शक समुहको निर्माणसमेत गर्न सक्नेछन् ।

 

फेसबुक संस्थापक मार्क जकरबर्गले उक्त नयाँ फिचरमा कुनैपनि कार्यक्रम निस्क्रिय रुपमा मात्रै हेर्नुनपर्ने बताए । उनले भने, ‘एउटै विषयमा रुचि भएका मानिसहरुलाई एक ठाउँ ल्याउन सकिन्छ र त्यो अनुभव साट्ने मौका पनि बन्न सक्छ ।’

 

फेसबुकमा गतवर्ष देखि ‘भिडिओ ट्याब’ उपलब्ध छ तर त्यो अहिलेसम्म सिकारुहरुले खिचेका भिडियो फूटेज वा समाचार संस्थाले राख्ने स–साना अंशमा मात्र सीमित रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.