राष्ट्रपति ट्रम्प नयाँ इमिग्रेशन कानुनको पक्षमा

हिमालयखवर संवाददाता
अमेरिका- राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कानुनतह बस्न दिइने आप्रावासीको संख्या लगभग आधा हटाउने नयाँ आप्रावासी (इमिग्रेसन) नीतिलाई अगाडी बढाउने बताएका छन् । यो नीति कार्यान्वयन भए अमेरिकामा स्थायी बसोबास गर्ने चाहने सर्वसाधारण नेपालीको संख्या पनि घट्ने छ ।
दुई जना सिनेटरले तयार पारेको आप्रावासीलाई दिइने स्थायी बसोबास सुविधा (ग्रिनकार्ड)को संख्यामा आधा घटाउने प्रस्तावलाई समर्थन जनाउंदै राष्ट्रपति ट्रम्पले बुधवार यसलाई स्वीकृत गराएर आफ्नो आप्रावासीलाई कडा गर्ने नीति अघि बढाउने बताएका हुन् ।
यो प्रस्ताव स्वीकृत हुदां चिठ्ठा प्रक्रियाबाट ग्रिनकार्ड दिने व्यवस्था डीभी खारेज हुने छ । अमेरिकाले जनसङ्ख्याको अनुपात न्यून भएका देशलाई डीभी सुविधा दिएको थियो । डीभी लटरीपर्नेले सजिलै अमेरिकामा स्थायी बसोबास अनुमित अर्थात् ग्रिनकार्ड पाउंथे । नेपालले पनि डीभी सुविधा पाउंदै आएको छ । यसमार्फत बर्सेनि ५० हजार अमेरिका आउंछन । नेपालबाट पनि डीभी परेर बर्सेनि २ हजार भन्दा बढी सर्वसाधारण नेपाली अमेरिका आउने गरेका छन् । डीभी नहुदां समान्य नेपालीलाई अमेरिकाको ग्रिनकार्ड पाउन कठिन हुने छ ।
दुई रिपव्लिकन सिनेटर एर्कान्न्सस राज्यका टम कटन र जर्जियाका डेविड प्रिडूले तयार पारेको उक्त विद्येयकमा स्थायी बसोबास अनुमति पाउने आप्रावासीको संख्यामा झण्डै आधा कटौती हुने छ । अहिले बर्षिक १० लाख भन्दा बढीले ग्रिनकार्ड लिएर अमेरिकामा स्थायी बसोबास गर्न पाउंछन् । यसलाई क्रमशः घटउदै लगेर १० वर्षमा यो संख्या करिब ५ लाखमा झार्ने विद्येयकको मुख्य नीति हो । यो विद्येयकले अमेरिकामा ग्रिनकार्ड पाउने व्यक्तिका परिवारलाई पनि कठिन हुने छ । सन् २०१४ मा आएका आप्रवासी मध्ये ६४ प्रतिशत ग्रिनकार्ड भएका व्यक्तिका परिवारका सदस्य थिए । विद्येयकमा यसलाई घटाउने प्रस्ताव छ । रोजगार र दक्षताका आधारमा ग्रिनकार्ड पाउनेको संख्या जम्मा १५ प्रतिशत थियो । विद्येयकले यसलाई पनि परिवर्तन गर्ने योजना छ ।
यो विद्येयक पारित भए सुरुको वर्ष ग्रिनकार्ड पाउनेको संख्या ६ लाख ३७ हजार १६० मा सीमित गरिने छ । १० वर्षमा यो संख्या थप घटाएर ५ लाख ४० हजारमा झार्ने योजना विद्येयकमा छ । अमेरिकामा आश्रय पाउनेको संख्या पनि वार्षिक ५० हजारमा सीमित गरिएको छ ।
यो विद्येयकले दक्षता वा सिप, शिक्षा, र अंग्रजी भाषाका आधारमा आप्रवासीलाई स्थायी अनुमति दिने योजना पनि अघि सारेको छ । अर्थात् व्यक्तिको दक्षता, सिप, जागिरको प्रस्ताव, अंग्रजी भाषा लगायतलाई नम्बर दिई योग्यलाई मात्र यहाँ ग्रिनकार्ड दिइने छ । अहिले रोजगार र दक्षताका आधारमा १ लाख ४० हजारले ग्रिनकार्ड पाउंछन् । यो संख्या भने लगभग यही नै हुने छ ।
राष्ट्रपति ट्रम्प आप्रावासी नीतिमा अनुदार छन् । उनी राष्ट्रपति भएयता ६ मुस्लिम बाहुल देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाईउको छ, शरणार्थी स्वीकार गर्ने संख्यामा कटौती भएको छ, कागजात विहिन माथि धरपकड र कारबाही बढेको छ, दक्षिणतर्फ मेक्सिकोसंग जोडिएको सीमामा पर्खाल लगाउन योजना अघि वढाईएको छ ।
संघर्षरत अमेरिकी नागरिकलाई सुविधा दिन इमिग्रेशन कानुनमा सुधार गर्नु परेको विद्येयक अघि बढाउने सिनेटरको दाबी छ । यस अघि रिपव्लिकन पार्टीकै राष्ट्रपति जर्ज डव्लु बुसलेपनि सन् २००७ मा नयाँ इमिग्रेशन कानुन ल्याउन लागेका थिए । तर, यो स्वीकृत भएन । अहिले यही कानुनलाई परिमार्जित रूपमा अघि वढाईएको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.