हार्वी नामक आँधीका कारण टेक्सासको जनजीवन अस्तब्यस्त

हार्वी नामक शक्तिशाली सामुन्द्रीक आँधीका कारण अमेरिकी टेक्सास राज्यको तटिय क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

 

२ सय १५ किलोमिटर प्रतिघण्टाको बेगले चलेको सो तुफानका कारण तटीय क्षेत्र आसपासका कयौं घर भत्किएका छन् भने दशौँ हजार घरहरुमा विद्युत आपुर्ती बन्द भएको छ । सो क्षेत्रका केही स्कुल, होटेल, आवासीय तथा अन्य घरहरुमा क्षति पुगेको बीबीसीले उल्लेख गरेको छ । थप क्षति पुग्नसक्ने भन्दै तटीय क्षेत्रका ३ लाख २० हजार सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ । आँधीका कारण ह्युस्टन क्षेत्रमा बाढीको जोखिम बढेको भन्दै त्यहाँको विपदु् व्यवस्थापन विभागले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

 

आँधीका कारण तटीय क्षेत्रमा १२ फिटसम्मको छाल आएको त्यहाँको मौसम विभागले जनाएको छ । १३ बर्षयताकै सबैभन्दा खतरनाक आँधी भएको भन्दै विपद् व्यवस्थापनका लागि १ हजार राष्ट्रिय सुरक्षा गार्ड परिचालन गरिएको टेक्सास राज्यका गर्भनर जर्ज एवोटले बताउनुभयो । यो आँधी आगामी बुधबारसम्म चल्नसक्ने अनुमान मौसम बिभागको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.