मिटरमा सेवा दिन नमान्ने ट्याक्सीमाथि कारबाही

यात्रुलार्इ मिटरमा सेवा दिन नमान्ने ३८ ट्याक्सीलाई नियन्त्रणमा लिई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको छ ।

 

महाशाखाबाट सिभिल ड्रेसमा आइतबार खटिएको टोलीले यात्रुलाई गन्तव्यमा पुर्‍याउन नमान्ने, बढी भाडा लिई यात्रु बोक्ने र अनेक बहाना बनार्इ यात्रुलाई सेवा दिन नमान्ने ट्याक्सीमाथि कारबाही गरेको हो ।

 

यात्रुलाई बाटोमा अलपत्र बनार्इ अनेक बहाना बनाएर सेवा दिन नमानेका ट्याक्सीलाई कारबाहीको दायरामा ल्याएको जानकारी महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले दिएका छन् ।

महाशाखाले मिटर नजोडेका ३ र कागजपत्र नलिर्इ सवारी चलाएका २ ट्याक्सीलाई थप कारबाहीका लागि नापतौल तथा गुणस्तर विभाग र यातायात विभाग पठाएको छ । महाशाखाले यस अगाडि प्रिन्टर मेसिन नजोडी यात्रुलाई ठगेको आरोपमा १ सय ५० भन्दा बढी ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.