राजश्वका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ

कैलाली, ५ भदौ । कैलालीको अत्तरियास्थित राजस्व अनुसन्धान शाखाका नायव सुब्बा नरेन्द्र कुमार साउद र कार्यालय सहयोगी टीकाराम जोशी घुस लिँदालिँदै पक्राउ परेका छन् ।

 

सेवाग्राहीसँग ४५ हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले जनाएको छ ।

सेवाग्राहीको गुनासोपछि केही दिनयता उनीहरुमाथि निगरानी बढाएको अख्तियारको टोलीले सोमबार उनीहरुलाई रंगेहात पक्राउ गर्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.