श्रीमतीको लौरो प्रहारबाट श्रीमान् ठहरै !

दोलखाको मेलुङ गाउँपालिका– ४, भेड्पुमा श्रीमतीले प्रहार गरेको लौरोबाट श्रीमानको घटनास्थलमै ज्यान गएको खबर छ ।

 

सोही स्थानका ८३ वर्षीय कर्णबहादुर तामाङको श्रीमतीको लौरो प्रहारबाट ज्यान गएको हो । उनलाई श्रीमती सञ्जीले लाठी प्रहार गरेको जिप्रका दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

 

प्रहरीका अनुसार शुक्रबार साँझ कर्णबहादुरले अत्यधिक मादक पदार्थ सेवन गरी घरमा आएर बुहारी विपना थोकरसँग थप मादक पदार्थ मागेको र बुहारीले मादक पदार्थ दिन नमानेपछि बुहारीलाई कुटपिट गरेको देखेपछि उनकी श्रीमतीले पछाडिबाट टाउकामा लौरो हानेको प्रहरीको भनाइ छ ।

 

अभियुक्त सञ्जीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.