​काठमाडौंमा फेरि गुण्डा पक्राउ

काठमाडौं, १२ भदौ । प्रहरीले काठमाडौंमा गुण्डा अप्रेसन गर्ने क्रम जारी राखेको छ । गुण्डानाइके मिलन चक्रेलाई पक्राउ गरेको दुई दिनभित्रै काठमाडौं प्रहरीले चर्चित गुण्डानाइके साजन महर्जनलाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसरले आज सामाखुसीबाट महर्जनलाई पक्राउ गरेको छ । महर्जन सामाखुसी क्षेत्रमा हप्ता असुली र गुण्डागर्दीमा संलग्न रहँदैआएका थिए । यसअघि शुक्रबार प्रहरीले चक्रे मिलनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.