कको व्याजदर घट्ने राष्ट्र बैंकको प्रक्षेपण, सनराईज बैंकले घटायो ३७ प्रतिशत व्याज

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्याजदर घट्ने प्रक्षेपण गरेलगत्तै बैंकहरुले निक्षेपको व्याजदर घटाउन थालेका छन् । शुक्रबार सनराईज बैंकले मुद्दती खातामा ३७.५ प्रतिशत व्याज घटाएको छ ।

बैंकले १८ महिना अवधिको मुद्दती खातामा ८ प्रतिशत मात्र व्याज दिने जनाएको छ । यस बैंकले संस्थागत निक्षेपकर्तालाई दुई वर्षको निक्षेपमा पनि ७.५ प्रतिशत मात्र व्जाज दिने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको ११ महिनाको वित्तीय अवस्था सार्वजनिक गर्दै भनेको छ–‘पछिल्लो समयमा वित्तीय असन्तुलनमा सुधार आएको छ । खास गरी तरलतामा देखिएको उल्लेख्य वृद्धिका कारण मध्यमकालीन ब्याजदर सन्तुलित अवस्थामा फर्किने देखिएको छ ।’

नेपाल राष्ट्र बैंकले निक्षेपको व्याज ८/९ प्रतिशतको बीचमा रहनु र कर्जाको व्याज ११ देखि १३ प्रतिशतसम्म रहनुलाई सन्तुलित अवस्था मान्दै आएको छ ।

विगत केही महिनामा बैंकहरुले निक्षेपमा १२ देखि १४ प्रतिशतसम्म र कर्जामा १३ देखि १९ प्रतिशतसम्म व्याज तोकेका थिए । विदेश जाने कामदारको संख्यामा कमी आएता पनि विप्रेषण आप्रवाह सुदृढ अवस्थामा रहेको र प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भइरहेकाले पनि तरलता वृद्धि हुने र वित्तीय अवस्था सहज हुँदै जाने राष्ट्र बैंकको अनुसन्धान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.