कहाँ गयो प्रतिव्यक्ति २७ करोड ९२ लाख भाग पर्ने विदेशीले दिएको भुकम्प पिडितको राहत ?

नयाँबाटो, कुनै बेला तल दिइएको फोटो सामाजिक संजालमा निकै भाइरल बनेको थियो ! सरकारले उक्त ठुलो रकम आम मानिसलाई भाग लगाएर बाँडोस भन्दा पनि सहि सदुपयोग गरोस भन्ने सबैको अभिप्राय थियो !

 

आज करिब साढे दुईवर्ष पुरा भएर अगाडी बढ्दा दुई पटक पुनर्निर्माण प्राधिकरणको दलैपिच्छे सीओ फेर्ने बाहेक देखिने गरि सरकारले सिन्को भाँचेको अनुभूति जनता गरेका छैनन् !

सरकारले राहत दिन्छ र घर बनाउछौँ भनेकाहरु अहिले तेस्रो वर्षा पालामा कटाउदै छन् र सरकारको कुनै छु मन्तर नभए अझै कति वर्खाहरु त्यहि पाटाकै पालमा गुजार्नुपर्ने छ !

 

तल उल्लेखित रकम मात्र केहि प्रतिनिधि देशको मात्र हो यो बाहेक खर्बौं रकम व्यक्ति संस्था NGO/INGO मार्फत कति भित्रियो कति के के भयो यसको लेखाजोखा सरकार सँग छैन !

 

भुकम्प पिडितको रकमले कयौँले गाडी किनेका खबर पनि छापामा नआएका होइनन ! ठिक यसबेला तराईमा आएको बाढीले सबैको ध्यान नेपाल तिर तानिएको छ ! विभिन्न राष्ट्रले सहयोगका हात फैलाईसकेका छन् !

 

देश तथा विदेशमा रहने नेपालिहरुले पनि आफ्नो छाक काटेर मन खोलेर एक नेपालि लाई पर्दा अर्को नेपालिले सहयोग गर्नुपर्छ भन्दै सकेको गरेका छन् !

 

रह्यो कुरा उठेको रकमको सदुपयोग ! साच्चै यतिवेला सबैले सोच्नै पर्ने भएको छ कहाँ गयो होला भुकम्प पिडितका नाममा आएको खर्बौं रकम ? के कति पुरातात्विक महत्वका ठाउँहरुको पुनर्निर्माण भए ? वा जनताले पाल बाट घर गोठ बनाउन सके ? कि रकम जति सरकारको खातामा धुर्मुस सुन्तलीले सबैलाई हात जोर्दै वस्ती बनाई दिनुपर्ने होला ?

 

सबै नेपालिले देशको विपत सँगै देश विदेश बाट भित्रिने हरियो डलरको लेखाजोखा राख्न जरुरि छ जनताको पिडामा मोटाउनेहरु गल्लिगल्लिमा भेटिन्छन !

 

घटना भर्खरैको हो अर्बौ घोटालामा मुछिएका भन्सारका हाकिम एकसुको धरौटी नराखी उल्टै पक्रनु नै गलत भएको भन्दै थुना मुक्त भए ! सम्बन्धित निकायलाई झक्झक्याउ आ-आफ़्नो ठाउँमा खबरदारी गरौँ र मनपरे सामग्री सेयर पनि गरौँ ! धन्यवाद

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.