दुई सयले घट्यो सुनको भाऊ

अर्थ संसार, काठमाडौं–नेपाली बजारमा आईतबार सुनको भाउ तोलामा २ सय रुपैयाँ कम भएको छ ।

 

गत साताको शुक्रबार तोलाको ५५ हजार ५ सय रुपैयाँ तोकिएको छापावाल सुनको भाउ आज २ सय रुपैयाँ कम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको भाउ तोलाको ५५ हजार ३ सय रुपैयाँ छ । यस्तै, तेजावी सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।

आज चाँदीको भाउ प्रतितोला ७ सय ५० रुपैयाँ छ । अघिल्लो दिन चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.