पाँच सय रुपैयाँले बढ्यो सुनको भाऊ

अर्थ संसार,  काठमाडौं – सुनको भाउ बढेको छ । बुधबार तोलामा रु तीन सयले बढेको सुनको भाउ विहिबार तोलाको रु पाँचसयले बढेको हो।

 

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको भाउ तोलाको ५४ हजार नौसय रुपैयाँमा किनबेच भइरहेको छ।

बुधबार सुनको भाउ तोलाको रु ५४ हजार चारसय थियो । सुनको भाउसँगै चाँदीको भाउ पनि रु १५ले महंगो भएको छ। महासंघका अनुसार विहिबार चाँदी तोलाको रु सात सय ५०मा किनबेच भइरहेको छ। बुधबार चाँदीको भाउ तोलाको रु सात सय ३५  थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.