व्यावसायीले भोलिदेखि पेट्रोल नउठाउने

काठमाडौं : नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनले भोलिदेखि नेपाल आयल निगमका डिपोबाट पेट्रोल खरिद् नगर्ने घोषणा गरेको छ ।

 

एशोसियसनले व्यवसायीहरुले भोग्दै आएको क्षतिको समस्या समाधानका लागि नेपाल आयल निगमको व्यवस्थापनले बेवास्ता गरेको भन्दै आयल निगमका डिपोबाट पेट्रोल खरिद् नगर्ने घोषणा गरेको हो ।

 

एशोसियशनले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउन २९ गतेदेखि पेट्रोलका साथै डिजेल पनि खरिद् नगर्ने र ३१ गतेदेखि बिक्री वितरण नै ठप्प पार्ने घोषणा गरेको छ ।

 

आयल निगमको डिपोबाट पेट्रोल पम्पमा पु¥याउँदा ४ हजार लिटरमा पेट्रोल ९९ लिटर र डिजेल ६० लिटर क्षति हुने गरेको छ ।

नेपाल आयल निगमले दुई पटक गठन गरेका छानबिन समितिले पेट्रोल र डिजेल ढुवानीका क्रममा क्षति हुने गरेको भन्दै व्यवसायीलाई क्षतिपूर्ति दिन सुझाव दिइसकेका छन् ।

 

छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नगरिएको अवस्थामा क्षति सहन नसक्नै भन्दै एशोसियशनले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.