चन्द्रागिरिमा रमाए बलिउड अभिनेता सुनिल सेठ्ठी

बलिउड अभिनेता सुनिल सेठ्ठीले चन्द्रागिरिको भ्रमण गरेका छन्। शनिबार बिहान चन्द्रागिरिको भ्रमण गरेका सेठ्ठीले भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको अवलोकन गरेका हुन्।

 

घुम्नका लागि नेपाल आएका सेठ्ठीलाई चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले स्थलगत भ्रमण गराएका हुन्।

 

सेठ्ठीले चन्द्रागिरि आफूलाई असाध्यै सुन्दर लागेको प्रतिक्रिया दिएका थिए।

 

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ।

 

यसअघि भारतका गायक कुमार सानु पनि चन्द्रागिरि पुगेका थिए।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.