सयौ रोग निको गर्ने क्षमता तुलसीमा

काठमाण्डौ । संसारको जुनसुकै भूभागमा पनि पाईने यो वनस्पति  हिन्दुहरूको लागि अत्यन्तै पुजनिय एवम उपयोगि वनस्पति हो| तुलसी विश्वको धेरै भागमा नियमित सेवन गरिन्छ| चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ।

मानिस मृत्युशैयामा हुँदा प्राण त्याग्नुअघि तुलसीको बोटसागै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाउँछ भनी शास्त्रमा वर्णन गरिएको छ।तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास छ। तुलसी, वटवृक्ष वरिपरि र तुलसीको छाया वरिपरि र यसको हावाको परिधिभित्र कुनै पनि विषाक्त कीटाणुहरू टिक्न सक्तैनन् र् दीर्घरोगीहरूसमेत तुलसीको सेवनले रोगमुक्त भएको कुरा वैज्ञानिकहरू पनि बताउछन्।

तुलसीले अजीर्ण, अरुचि र उदरशूलजस्ता सामान्य र मुटु, मृगौलाजस्ता असामान्य रोग हरण गर्ने क्षमता राख्ने भएकाले पनि तुलसी र मानव जीवनमा अन्तरसम्बन्ध बढ्न गएको हो। हालै भारतमा भएको एक परीक्षणबाट तुलसीमा क्यान्सरजस्तो भयङ्कर रोगसाग लड्ने क्षमता भएको कुरा पुष्टिभएको छ।

तुलसीको औषधि रुप  
धेरै दिशा  :तुलसीपात चौथाइ भाग जाईफल पिनेर खाएमा ठिक हुन्छ ।
आउँ, शुल  :तुलसीको पात मिश्रीसंग पिनेर खाने गरेमा ठिक हुन्छ र आवश्यकता परेमा एक हप्तासम्म खानु होला ।
दिशामा रगत : तुलसीको गेडा आधा ग्लास पानीमा बेलुका भिजाएर बिहान खाने गरेमा ठिक हुन्छ ।

बालतोड् घाऊ  : पिपलको कोपिला र तुलसीको पात पानीमा पिनेर बिहान/बेलुका लेप गर्नाले बालतोड् घाऊ ठिक हुन्छ ।
घाँटी बसेमा घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०/१२ पात तुलसी ४/५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २/३ मात्रामै ठीक भएर आउँछ ।

सुकेको झारको रूपमा समेत उत्तिकै उपयोगी भएको तुलसीको रोपण, पूजन, यजन, चिन्तन र मनन् हर मानवका लागि उपयोग सिद्ध भएको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.