सावधान ! तपाईलाई निद्रा पर्दैन ? झस्किँदै बिउँझिनुहुन्छ ? यस्ता कारणले हुनसक्छ

डा. पुकार लोहनी योग विशेषज्ञ
निद्रा जीवनको महत्वपूर्ण पाटो हो । निद्रा पर्याप्त नपर्नु तथा नसुत्नुलाई रोगको मुहानको रूपमा पनि बुझ्न सकिन्छ । अनिद्रा विभिन्न रोगको कारण बनिदिन सक्छ ।

 

मधुमेह
अनिद्राका कारणले कर्टिसोल हर्माेनको उत्पादनमा वृद्धि हुन्छ । यो हर्माेनले शरीरमा चिनीको मात्रा बढाउँछ र निरन्तर बढ्दै गएमा मधुमेहको जोखिम निम्तिन्छ ।

 

मुटुरोग
अनिद्राका कारणले उच्च रक्तचापको समस्या पनि देखिने गर्छ । यो समस्या निरन्तर रहेमा मुटुसम्बन्धी रोगको जोखिम बढ्छ ।

 

पाचनमा समस्या
पाचन प्रक्रिया पूर्ण हुन तीनदेखि चार घन्टा लाग्छ । तर, अनिद्राले निम्त्याउने तनावका कारण पाचन प्रक्रिया ढिला हुने तथा पूर्ण पाचन नहुने समस्या हुन्छ । कालान्तरमा पाचन प्रणालीसम्बन्धी समस्या नै निम्त्याउँछ ।

 

मानसिक समस्या
अनिद्राका कारणले सम्झने शक्तिमा पनि ह्रास ल्याउँछ । मानसिक अस्थिरता, चिडचिडाहट, बढी रिस उठ्नेजस्ता मानसिक समस्या पनि आउँछन् ।

 

दिनचर्यामा परिवर्तन
अनिद्राको समस्याले बिहान उठ्दा ताजा महसुस नहुने, मध्य दिनमा निद्रा लाग्ने, काम गर्न मन नलाग्नेजस्ता समस्या हुन्छन् ।

 

यो पनि

१ सुतेपछि ननिदाउँदासम्म वा निदाएपछि पनि आँखाको दानामा चाल भइरहेको अवस्थालाई आरइएम अवस्था भनिन्छ । यो एनआरइएमपछिको पूरा अवस्था हो जुन तुलनात्मक रूपमा समग्र सुताइको लामो अवधि हो ।

 

२ आँखाको चाल नभएको अवस्था र सुताइको अन्त्यन्त महत्वपूर्ण समयलाई एनआरइएम भनिन्छ । यसले पूर्ण आराम दिन्छ र तुलनात्मक रूपमा छोटो अवधिको हुन्छ । नयाँ पत्रिकाले छापेको छ ।

 

३ एनआरइएम अवस्थामा पुग्न नसक्नुलाई नै अनिद्रा भनेर परिभाषित गरिएको छ । छोटो समयका लागि यस्तो समस्या जो कसैमा आउन सक्छ । तर, यसलाई खासै महत्व दिइँदैन । तर, यही समस्या लामो समयसम्म रहिरह्यो भने अनगिन्ती नसर्ने रोगहरू लाग्न सक्छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.