यस्तो छ , नेवार समुदाय ले हरितालिका तिज मान्दैनन र व्रत बस्नु पर्दैन ?

हरितालिका तिज र ऋषि पञ्चमिको व्रत बस्ने परम्परा नेवार समुदायमा छैन । नेवार संस्कृतिले यस्तो गर्न दिँदैन।

तीज मनाएमा इही गरेको बाह्रा राखेको कुनै अर्थ नै हुँदैन।

 

तिज र ऋषिपञ्चमिको व्रत नेवार महीलाहरुले बस्ने परम्परा र संस्कृती छैन किनकि कुनै पनि कुरा जानेर बुझेर स्वविवेकले गर्दा राम्रो र अर्थपूर्ण हुन्छ । सनातन हिन्दू नै भएता पनी नेवार समुदायका महीलाहरुले तिजको यो व्रत बस्नु पर्दैन किनकि नेवार समुदायका सनातनी कन्याहरुको बाल्य अवस्थामा नै भगवान सुवर्ण कुमार (हिरण्य गर्भ:)संग बैदिक – तन्त्र निर्देशन अनुसार इही: ( इहीपा, विवाह ) संस्कार सम्पन्न भैसकेपछी कहिले पनि बिधवा नहुने शास्त्रीय मान्यता प्राप्त गरि सकेका छन । यस्तो अवस्थामा यो तीजको व्रत लिई नेवार महीलाहरुले पुन: सौभाग्यका लागि व्रत बसि कामना गर्नु आवश्यकता धर्मशास्त्रले देखाएको छैन। यसै कारणले सनातन हिन्दू नै भएतापनी नेवार महीलाहरुले तीजको यो व्रत लिदैनन तर आजकाल केही नेवार महीलाहरु रहरले यो व्रत बसेको देख्न पाउँछौ |

नेवार समुदायका महीलाहरु सनातनी हिन्दू नै भएतापनी ऋषिपञ्चमिको यो व्रत बसी रजस्वला हुंदाको छुवाछुतको प्रायश्चित गरिरहनु पर्दैन । किन भने नेवार समुदायका कन्याहरुको बाल्यावस्था नै रजस्वला हुनु पुर्व नै अथवा पहिलो रजस्वला हुना साथ बाह्र दिन सम्म सूर्यको किरण सम्म पनि नदेखाई कुनै पुरुषले नदेख्ने गरी गुप्तवास याने बा:र्हा: (गुफा) राखी बैदिक – तन्त्र निर्देशन अनुसार बिधिवत प्रकृया पुर्ण गरि सूर्यदेवलाई साक्षीका रुपमा राखी गुप्तवास बाट निकाली सूर्य दर्शन गराई रजस्वला हुँदाका बखत हुने र हुन सक्ने छुवाछुतको समस्त दोष बाट मुक्त हुने अर्थात कुनै दोष नलाग्ने गरि धर्म शास्त्रीय नितिगत रुपमा नै संस्कार सम्पन्न भै सकेको कारणले ऋषिपञ्चमिको व्रत उपासना गरि पुन: प्रायश्चित गर्न नपर्ने शास्त्रीय मान्यता अनुसार नेवार सनातनी महीलाहरुले यो ऋषिपञ्चमिको व्रत बस्दैनन।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.