गृह जिल्लाका कार्यक्रममा युवा नेता पौडेल सक्रिय

तनहुँ । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेल विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सक्रिय रहेका छन् ।

 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका पौडेल केहि दिन अघि मात्र आफ्नै गृह जिल्लामा आयोजित दर्जनौ कार्यक्रममा सहभागी भए ।

 

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजका अवसरमा आयोजना भएका कार्यक्रहरु सहित भिमाद, खैरेनीटार, ढोरफिर्दी, गजरकोट, शुक्लागण्डकी, दुलेगौडा लगायतका बिभिन्न स्थानहरुमा आयोजित वृहत कार्यकर्ता भेलामा सहभागी भए ।

जिल्लाबाट निम्तो आएपछि सबैखाले कार्यक्रममा सहभागी हुने पौडेलले जिल्लाका विभिन्न युवा क्लवहरुलाई खेलकुद साम्रागीहरु समेत वितरण गर्दै आएका छन् ।

 

कार्यक्रममा बोल्दै नेता पौडेलले तराईका जिल्लाहरुका अबिरल बर्षासँगै आएको वाढीले घरबारबिहिन भएकाहरुका लागि युवाहरु जुट्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.