प्रतिपक्षलाई थाहै नदिई राजपाका माग सुटुक्क सम्बोधन !

काठमाडौं, १६ साउन । सरकारले सुटुक्क राजपाका माग पुरा गर्ने रणनीति अघि बढाएको छ । राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा सहभागि गराउनकालागि उसले राखेका मागहरुलाई सरकारले सुटुक्क पुरा गर्ने रणनीति लिएको हो ।

 

स्रोतका अनुसार सरकारले मुद्दा फिर्ता, बन्दी रिहा, सहिद घोषणा लगायतका काम सुटुक्कै अघि बढाएको छ ।
स्रोतका अनुसार, साउन १२ गते बसेको मन्त्रीपरिषद्को बैठकले नौजनालाई कसैलाई थाहै नदिई सहिद घोाषणा गरेको छ । राजपा नेपालले सहिद घोषणा गर्न बाँकी रहेका १२ जनाको नाम बुझाएको थियो, त्यसमध्ये नौजनालाई सहिद घोषणा गरेको उच्च स्रोतले बताए ।

 

अरु तीनजनाको बारेमा जिल्ला प्रशासन कार्यालय छानविन गरिरहेको र राजपाले भनेबमोजिङ सरकारले सुटुक्क शहिद घोषणा गर्ने तयारी गरेको बुझिएको छ । नौजनालाई सहिद घोषणा गरेको कुरा सरकारले बाहिर ल्याएको छैन ।

 

चुनावको मुखमा सहिद घोषणा, मुद्दा फिर्तालगायतका कार्य गर्यो भने चुनावलाई प्रभाव पार्ने देखिने र प्रमुख प्रतिपक्षि दल पनि त्यसको विरोध गर्ने डरका कारण सरकारले राजपा नेपालका लागि मन्त्रीपरिषद्बाट गरेका निर्णयहरु बाहिर ल्याएको छैन ।

 

यसअघि प्रचण्ड नेतृत्वको सरकारले आन्दोलनकारीमाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेपछि प्रतिपक्षि दल नेकपा एमालेले संसदमा त्यसको विरोध गरेको थियो र जनमानसमा पनि त्यसको आलोचना भएको थियो । स्रोतका अनुसार सरकारले सुटुक्क ती कामहरुलाई कार्यान्वयनमा लैजाने तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.