बुढानिलकण्ठ घटनाले निर्वाचन आयोगको पवित्रतामाथि प्रश्न उठाएको छ- गगन थापा

नेपाली कांग्रेसले बुढानिलकण्ठ नगरपालिकाका प्रमुख र निर्वाचन आयोगका कर्मचारीलाई कारबाहीको माग गरेको छ।

 

व्यवस्थापिका संसदको आइतबारको बैठकमा समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले मतदाता नामावली संकलनको समय सकिएपछि पनि काठमाडौंको बुढानिलकण्ठ नगरपालिका प्रमुख दीपक निरौलाको घरमा रातारात मतदाता नामावली संकलन गरिएको भन्दै संलग्न माथि कारबाहीको माग गरेका हुन्।

सांसद थापाले निर्वाचनको पवित्रतालाई अपवित्र बनाउने विषयमा निर्वाचित जनप्रतिनिधि र आयोगका कर्मचारी संलग्नता पुष्ठि भइसकेकोले तत्काल कारबाहीको माग गरे । निर्वाचन आयोगको सम्पत्तिलाई घरमा लैजाने काम चोरी भएको भन्दै त्यस्ता जनप्रतिनिधिलाई कारबाही गर्नुपर्ने माग सांसद थापाले गरे । सांसद थापाले नेकपा एमाले सिंगो पार्टी पंक्ति लागेर निर्वाचन आयोगको पवित्रता माथि आँच पुर्याउने काम भएको भन्दै गम्भीर आपत्ति जनाए ।

 

स्थानीय तहमै मतदाता नामावली संकलन गर्ने समय शनिबार सकिएपछि रातीअवेर सम्म एमाले नेताको घरमा फोटो सहितको मतदाता नामावली तयार पारिरहेको बेला स्थानीयले निर्वाचन कार्यालयका कर्मचारीलाई नामावली संकलन गर्ने उपकरणसहित नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका थिए । जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले नामावली संकलनका लागि आकृत खत्रीलाई बुढानिलकण्ठ नगरपालिकामा खटाएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.