इन्दिरा जोशीको पुत्ला बुद्ध समर्थक द्वारा जलाईयो ! चितवनमा रेनु दहालको नेतृत्वमा सागरको समर्थनमा राँके जुलुस – केदार घिमिरे फन्नी पोस्ट

काठमाण्डौ,१६ भदौ | नेपाल आइडल बारे सबैले आफ्नो आफ्नो धारण व्यक्त गरीरहदा नेपाली हास्यकलाकार केदार प्रसाद घिमिरे “माग्ने बुढा”ले पनि निकै नै व्यंग्यात्मक शैलीबाट नेपाल आइडल बारे यसरी सामाजिक संजालमा पोष्ट गरेका छन् |नेपाली राजनीति देखि आइडल सम्मको कुरालाई जोडेर निकै रोचक तरिकाले मज्जैले घोचेका छन् |

https://youtu.be/PWHOcM7JSdU

हेरौं,उनी केदार घिमिरेले लेखेका स्टाटस जस्ताको त्यस्तै “समसामयिक समाचार काठमान्डु।
नेपाल आइडलको फाइनल नजिकै पुग्दा देशैभरि अप्रिय घटनाका समाचार आइरहेका छन । सागर आलेका समर्थकले चितवनमा लाठि जुलुस निकालेका छन । जुलुसको नेत्रित्व रेनु दहालले गरेकि छिन । भरतपुरबाट शुरु भ​एर नारयनघाट तर्फ जुलुस बढ्न लाग्दा प्रहरि सङ भ​एको झडपमा वाइसियल इन्चार्ज सरगम्,शुर , आलप लगाएत २४ जना घाइते भ​एका छ्न । यता प्रचन्डले बिज्ञ्प्ति जारि गरि जनजातिलाइ पाखा लगाएमा त्यस्को जिम्मेबारि शेर बहादुरले लिनुपर्ने बताएका छन । बिज्ञप्तिको पुर्न पाठ अर्को पोस्टमा हेर्नुहोला। यसैगरि पोखरामा बुद्धलामाका समर्थकले इन्दिरा जोशिको पुत्ला जलाएका छन , आन्दोलनको नेत्रित्व नेत्रबिक्रम चन्द्ले गरेका छन , नगर परिक्रमा पछिको आमसभामा बोल्दै चन्द्ले” पुजिबादि सर्बसत्ताबादले सिम किन्दै क्रितिम भोटको नाटक गरि बुद्ध लामालाइ हराइएमा एपि वान टिभिमा बम हान्ने ” बताउनुभयो । ललितपुरमा हिजो साझ प्रताप दाशका समर्थकले रान्के जुलुस निकालेका छन , जुलुशको नेत्रित्व बाबुराम भट्ट्रराइ र करिस्मा मानन्धरले गरेका थिए, प्रताप दाश जिन्दाबाद , न्हयु बज्राचार्य मुर्दाबाद भन्दै अगाडि बढेको जुलुसमा प्रहरिले लाठि चार्ज गर्दा करिश्माको आधा टाटु झरेको छ। उनको उपचार पाटन अस्पतालमा भैरहेको छ । बाबुरामले करिस्माको टाटु जस्ताको तस्तै बनाउन सरकार सङ माग गर्नुभ​एको छ। यता बालकोटमा केपि ओलिको नेत्रित्वमा अरनिको राजमार्ग अबरोध गरि बाटोमै निशान भट्टराइको समर्थनमा आमसभा गरिएको छ, आमसभाको साथसाथै सान्स्क्रितिक कार्याक्रम पनि गरिएको सो आन्दोलनमा बद्रि पङेनिले गित गाएका थिए भने भुवन केसिले एकल न्रित्य प्रस्तुत गरेका थिए , कालि प्रसादको पुत्ला दहन पस्चात बोल्दै केपि ले भने ” पारि त्यो डान्डामा हेर घाम लाज्ञ्यो ” भन्ने गित झट्ट सुन्दा एमालेको जस्तो लागे पनि , ” म नि केमा कम छुनि ” भन्ने ठाउमा “के” र “मा” को अर्थ( मा-ओबादि के-न्द्र ) हो , सबैले बेलैमा बुझ्नुपर्ने बताए । उता डडेल्धुरामा निस्केको जुलुसमा सडक छेउका सम्पुर्न रुख भाचिएको छ। जुलुसले रिमा बिश्वकर्मा लगाएत सम्पुर्न जजहरुको पुत्ला जलाएको छ, जुलुस पछिको आमसभामा बोल्दै शेर बहादुर देउबाले ” भन्दाखिन्लाइ एउटा पनि गायक गायिका शुदुर पश्चिमबाट पर्दैन भने त्यस्तो आइडल होकि फाइडल किन गर्ने ? ” । निर्बाचन आयोगले भने यस्तो अबस्थामा २ नम्बर प्रदेशको चुनाब गर्न नसक्ने ब्यहोराको पत्र सरकारलाइ पठाइसकेको छ। अहिले सिहंदरबारमा सुरछ्या परिसद्को बैठक बसिरहेको छ । अब यस्तै समाचार आउन मात्र बाकि छ ।”

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.