इम्बोस्टड नम्बर प्लेट जडानको सर्वत्र आलोचना

काठमाडौँ । एक पटक पुनः सवारी साधनको नम्बर प्लेट परिवर्तन गर्ने तयारी भएको छ । हाल सवारी साधनमा प्रयोग हुँदै आएको नम्बर प्लेटलाई हटाएर अन्तर्राष्ट्रिय मापदण्डको इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारको तयारी रहेकोछ । तयारीसँगै विवाद पनि सुरु भएको छ ।

 

इम्बोस्ड नम्बर प्लेटमा प्रयोग गरिएको अंग्रजी भाषा र मुलुक संघीयतामा गइसकेका पछि पनि अञ्चललाई आधार मानिएपछि विवाद सुरु भएको हो । तर, सरकारी निकाय भने यो विषयमा जानकार भएपनि विभिन्न ढाक छोप गरेर यसलाई निरन्तरता दिने दाउमा लागेको छ ।

 

सरकारले अहिले धमाधम इम्बोस्ड नम्बर प्लेट विक्री वितरणमा ल्याएको छ भने सरकारी सवारी साधनहरुमा सबै भन्दा अगाडि इम्बोस्ड नम्बर प्लेट जडान गर्ने जनाएको छ । तर, पछिल्लो समय नेपालमा अन्तर्राष्ट्रिय मापदण्डमा विभिन्न क्षेत्रलाई परिवर्तन गर्ने चक्करमा विवाद हुन थालेको छ ।

 

सरकारले इम्बोस्ड नम्बर प्लेट जडान गर्ने ठेकेदार कम्पनी डेकाटो एण्ड टाइगर आइटी जेभीलाई जिम्मा दिएपनि नेपाल सरकारले त्यसमा नेपालको मापदण्डमा टेकेर कार्य नगर्दा सर्वसाधारणमा यसको तीव्र आलोचना रहेको छ । सवारी साधनमा प्रयोग गरिएको अंग्रेजी शब्दमा सबै भन्दा बढी आलोचना भएको छ ।

 

अन्तर्राष्ट्रिय मापदण्ड भन्दैमा सवारी साधनमा नेपाली अक्षर भन्दा पनि अंग्रेजी अक्षरलाई प्राथमिकतामा राख्नु सरकारको गलत निर्णय भएको जानकारहरु बताउँछन् । तर, सरकार भने यो विषयमा अन्तर्राष्ट्रिय स्तरमा नै प्रयोगमा ल्याइएको बताउँदै आएको छ ।

 

यता संघीय गणतन्त्रमा प्रवेश गरेपछि प्रदेशमा रुपान्तरित हुँदै अञ्चलहरु हट्दै जाँदा पनि इम्बोस्ड नम्बर प्लेटमा भने अझै पनि अञ्चलको प्रयोग गरिएको छ । त्यसैगरि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुने तरखरमा मुलुक भइरहँदा सरकारले भने हाल अञ्चलकै आधारमा इम्बोस्ड नम्बर प्लेट बनाएको छ । तर, मन्त्रीको जवाफ भने यस्तो आउँछ ।

 

सवारी धनीले नम्बर प्लेट जडानका लागि अहिलेसम्म सरकारलाई कुनै प्रकारको शुल्क तिरेको तथ्यांक छैन । सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ मा पनि सवारी साधनमा नम्बर प्लेट जडानमा शुल्क वा महशुल लिन पाइने ब्यवस्था छैन । ऐनमा शुल्क लिन नपाइने व्यवस्था हुँदाहुँदै सरकारले सस्तो मुल्यमा खरिद गरिएको इम्बोस्ड नम्बर प्लेट महँगो मुल्यमा बिक्री गरेको छ । जसमा यातायात मन्त्रीको जवाफ भने सबै पक्ष सकरात्मक रहेको आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.