ट्राफिक ब्यवस्थापन सुधार्न एसएसपी सर्वेन्द्र खनालले गरे यस्तो सम्मानित कार्य, दुई दिनमै सुधार

काठमाडौं, साउन १५ नेतृत्व फेरिएसँगै उपत्यकामा ट्राफिक प्रहरीको सक्रियता बढेको छ । एसएसपी सर्वेन्द्र खनालले ट्राफिक महाशाखाको नेतृत्व सम्हालेपछि जाम पनि घटेको छ भने ट्राफिक प्रहरीको मनोबल बढेको छ ।  उपत्यकाको ट्राफिकलाई सहज बनाउन बरिष्ठ प्रहरी अधिकृतहरु आफैं सडकमा डिउटीमा खटिन थालेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखामा एसपी, डिएसी र इन्सपेक्टरहरु आफैं सडकमा खटिएर ट्राफिक व्यवस्थापनमा खटिन थालेका हुन् ।
पिक आवरमा एसएसपी खनाल आफैं सडकमा खटिन्छन् भने सिनियर अफिसरलाई नै उनले फिल्डमा खटाउन थालेका हुन् । जसको प्रभाव सडकमा देखिएको छ । पछिल्ला दुई दिन उपत्यकाको सडकमा जामको समस्या केही कम भएको छ ।  बिहान र सा“झको सडकमा धेरै सवारीको चाप हुने बेला मुख्य सडकखण्डमा सिनियर अफिसर खटिन थालेका हुन् । महाशाखामा नेतृत्व फेरिएस“गै उपत्यकामा ट्राफिक प्रहरीको सक्रियता पनि बढेको हो ।
मुख्य चोकहरुमा ट्राफिक लाइट बिग्रिएकाले ‘स्टप’ तथा ‘गो’ लेखिएका प्लेकार्डको सहायताले ट्राफिक पुलिसिङ सुरु गरिएको छ । हातले रोक्दा तथा जाउ भन्दा अस्पष्ट हुने भएकाले प्लेकार्डको सहायता लिइएको महाशाखाले जनाएको छ । ट्राफिक अवस्था अस्तव्यस्त हुँदै गएको र अनियमिततामा मुछिएपछि डिआईजी मिङमार लामालाई त्यहाबाट हटाएर खनालालाई ट्राफिकमा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.