दुगड कम्पनीको अर्काे धन्दा, मेनेजरसहित तीन पक्राउ

काठमाडौं, १४ भदौ
पटक पटक विवादमा पर्दै आएको दुगड कम्पनीको अर्काे धन्दा बाहिर आएको छ । फ्रुटी जुस उत्पादन गर्दै आएको दुगड फुड एण्ड वेभरेज कम्पनीले म्याद गुज्रिएको कच्चा पदार्थबाट जुस बनाउने गरेको खुलेको छ । प्रहरीले कम्पनीमा छापा हानी तीन कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीले एक लाख किलो बराबरको कच्चा पदार्थ सिलबन्दी गरेको छ ।

 

प्रहरीले कम्पनीका प्रबन्धक प्रमोद मेहतासहित मदन बाबु पाण्डे र सरोभ लुनियालाई पक्राउ गरेको छ । जिल्ला अनुमगन समितिका संयोजक रहेका काठमाडौंका सहायक सिडिओ प्रेम प्रसाद लुईटेल नेतृत्वको टोली अनुगमनमा गएकोमा म्याद नाघेको कच्चा पदार्थबाट जु्स बनाएको खुलेपछि उनीहरुलाई पक्राउ गरी कम्पनीमा सिल गरेको हो ।

 

उनीहरुले एक वर्षअघि नै म्याद नाघेको ‘म्याङगो पल्प’(आप“को गुदी)मा चिनी, पानी र फ्लेभर मिसाएर जुस बनाउदै आएको प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बेल बहादुर पाण्डेले बताए । प्रहरीले चार सय १८ ड्रम आपाको गुदी शिलबन्दी गरेको हो । एक ड्रमा दुई सय ४० केजी गुदी थियो । करिब एक लाख किलो आपको गुदी शिल गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई कालोबजारी ऐनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ । कम्पनीका मुख्य संचालक रहेका माललाल दुगड फरार छन् । उक्त कम्पनी व्यापारीक घराना दुगड समूहकै कम्पनी हो । जून कम्पनीका संचालकमाथि दुई वर्षअघि पनि प्रहरीले दोब्बर मूल्मा खानेतेल बेचेको अभियोगमा कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.