पार्किङ शुल्क असुल्ने अनुमति कसैलाई दिएको छैन : काठमाडौँ महानगरपालिका

हाल निःशुल्क रहेको पार्किङमा शुल्क उठाउन लागेको भन्दै महानगरको आलोचना भइरहेका बेला महानगरपालिकाले राष्ट्रिय दैनिकहरुमा अत्यन्त जरुरी सूचना निकाल्दै स्पष्टिकरण दिएको हो।
‘हाल पार्किङ शुल्क दरमात्र नगरसभाले स्वीकृत गरेको हो’, महानगरपालिकाको सूचनामा भनिएको छ। काठमाडौँ महानगरपालिकाको असार ३१ गते बसेको नगरसभाले काठमाडौँ महानगरपालिका आर्थिक ऐन २०७४ पारित गरेको छ। संविधानको धारा २३० ले स्थानीय तहलाई ऐन बनाउन सक्ने अधिकार दिएपछि काठमाडौँ महानगरपालिकाले यस्तो ऐन बनाएको हो।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.