पोखराको भिआईपी जुवाघरमा प्रहरीको छापा

कास्की, ३१ साउन
सेटिङका आधारमा जुवा खेलाइने पोखराका जुवा अखडाहरुमा प्रहरीले छापा हानेको छ । जिल्लाको एसपी फेरिएलगत्तै जुवा अखडामा छापा सुरु भएको हो ।
तास बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उक्त जुवा अखाडमा दैनिक एक करोडसम्मको हारजित हुने गरेको स्रोत बताउछ ।  जहाँ धनाढ्यहरु जुवा खेल्न जाने गर्दथे । कास्कीको एसपीमा अशोक सिंह गएपछि छापा हानेका हुन् ।
 पोखरा लेखनाथ महानगरपालिका–७ रत्नचोकस्थित खाजा घरमा जुवातास खेलीरहेका म्याग्दी धौलागिरी गाउँपालीका–४ घर भई हाल पोखरा लेखनाथ महानगरपालिका–७ बस्ने ३८ वर्षीय अर्जुन घर्ती सहित १० जनालाई प्रहरीले सोमबार १० बुक तास र नगद ५७ हजार ६ सय १० रुपैयाँ सहित  पक्राउ गरेको छ । हरेक जिल्लामा नयाँ प्रहरी प्रमुख गएपछि छापा हान्ने चलन छ । कसैले तर्साएर सेटिङ मिलाउन तथा कसैले बन्द गराउन छापा हान्छन् । एसपी सिंहले जुवाडेहरुउपर कति कडा कारबाही गर्छन्  त्यो उनको व्यवहारबाट देखिनेछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.