बलात्कारी बाबा रामरहिमको नेपाल ‘कनेक्सन’ यसरि खुल्यो पत्याउनै नसकिने रहस्य !भुकम्प ले थलिएको बेला के के गरे उनले नेपालमा

४ भदौ, काठमाडौं । १२ वैशाख ०७२ को महाभूकम्पलगत्तै नुवाकोटको त्रिशुलीमा एक आधुनिक जोगी र उनका अनुयायीहरुले डेरा जमाए ।मध्य क्षेत्रका १४ जिल्ला लगातारका धक्काबाट आक्रान्त थिए । नुवाकोट पनि अति प्रभावितमध्येको थियो । सोही क्रममा ‘बडी बिल्डर’जस्ता देखिने भारतीय जोगी आफ्ना सहयोगीहरुको टोलीका साथ त्रिशुलीमा झुल्किए ।

 

त्यतिबेलाका मध्यक्षेत्रका डीआईजी (हाल एआईजी) देवेन्द्र सुवेदी सोही इलाकामा पुगेका थिए । अनौठो गतिविधि देखेर सुवेदीले ती जोगीलाई भेट्ने सोच बनाए ।त्यस क्षेत्रमा उद्धार र राहत कार्यमा प्रहरी टोलीको नेतृत्व गरिरहेका तत्कालीन एसएसपी सुवोध घिमिरेले पनि सुवेदीलाई पछ्याए । ती जोगी अरु कोही नभई गत सोमबार बलात्कारको आरोपमा १० वर्षको जेल सजाय पाएका रामरहिम सिंह थिए ।भेटका क्रममा सुवेदी र घिमिरेसँग स्थानीय विद्यालय निर्माण गरिदिने बताएका थिए । र, भूकम्प पीडितका लागि घर बनाइदिने आश्वासन बाँडेका थिए ।

 

त्रिशुलीमा डेरा जमाउँदै गर्दा उनले विस्थापित परिवारलाई एक सरो भाँडाकुँडा दिए । सोही क्रममा एक दिन उनका अनुयायीले स्थानीयबासिन्दासँग भने, ‘महाराजजी आइसक्नु भएको छ, अब भूकम्प आउँदैन ।’ तर, सोही साँझ भूकम्पको शक्तिशाली धक्का आयो, त्रिपालमा बसिरहेका परिवार आत्तिँदै बाहिर निस्किए ।हाल विदुर नगरपालिकामा पर्ने पीपलटारका पीडितलाई रामरहिमले दूध पाउडर, बेसार, खुर्सानीको धुलो, मैनबत्ती, चिनी, चामल, गहुँको पीठो, खाने तेल, थाल, कुकरलगायत सामग्री वितरण गरेका थिए ।

उनको टोलीमा डा. पीआर नैन, डा. पी इन्सान, डा. स्वप्निल गर्गलगायत ३५ स्वास्थ्यकर्मी पनि थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लेखिएको ब्यानर टाँगेका ५९ वटा सवारी साधन लिएर आएको थियो, उनको टोलीले । त्यसमा ३४ वटा ट्रक, दुई मोबाइल अस्पताल, पाँच एम्बुलेन्स, एक दमकल, नौ बस र आठ वटा साना सवारी साधन थिए ।दारी र कपाल पालेका रामरहिमले आफूलाई रकस्टार र चलचित्रका कलाकारका रुपमा पनि चिनाएका थिए । उनी खैरो पाइन्ट र रातो टीसर्टमा थिए ।केही दिन त्यहाँ बसेर उनी फर्किए । त्यससँगै विद्यालय र पीडितका घर निर्माण गरिदिने उनको आश्वासन पुरा भएन । त्यसपछि उनको नाम लिएर कोही सम्पर्क गर्न त्यस क्षेत्रमा पुगेन ।

स्रोतका अनुसार भैरहवातिरका उनका एक अनुयायीले रामरहिमलाई त्यस क्षेत्रमा पुर्‍याएका थिए । साथमा डा. जगदिश्वरनरसिंह केसी पनि थिए । फोरम नेपालका दुई सभासदले पनि त्यसका लागि सहजीकरण गरेका थिए । तीमध्ये एक पूर्वमन्त्री पनि हुन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.