मोटर बीमामा तेस्रो पक्ष अनिबार्य गर्दा यस्ता छन् फाइदा, कति लाग्छ तेस्रो पक्ष सहित बीमा गर्न?

काठमाडौं। नेपाल मोटर बीमा अनिवार्य छ। मोटर बीमा अन्तर्गत मोटरसाइकल, निजी सवारी साधन, कार, जीप, भ्यान, बस, माइक्रोबस ट्रक पर्दछन्। मोटर बीमाको सम्बन्धमा नेपाल सरकारले तेस्रो पक्षको बीमालार्इ अनिवार्य गरेको छ तर ब्यापक बीमालार्इ भने स्वेच्छिक राखेको छ।

 

तेस्रो पक्ष बीमा गर्दा बीमितले आफुलार्इ भैपरि आउने दुर्घटनाबाट आफ्नै कारणले तेस्रो पक्षलार्इ हुने हानी बहन हुन्छ। यदि तेस्रो पक्ष मृत्यु भएको अङ्ग भङ्ग भएको शारिरिक चोटपटक लागेमा क्षतिपूर्ति तेस्रो पक्ष बीमाबाट हुन्छ।
सवारी साधनको क्षमता,  यात्रु वाहक क्षमताका आधारमा कम्पनीले मोटर बीमा तथा तेस्रो पक्ष बीमा गरेका हुन्छन्। चार पाङ्ग्रे निजि सवारी साधनको तेस्रो पक्ष बीमा गर्दा कति मुल्य बराबरको गाडिको प्रिमियम कति पर्छ ?
टेवलमा देखाइएको मुल्यमा सवारी साधनको क्षमता (सिसी) अनुसार बीमा शुल्कमा फरक पर्न सक्छ। साथै सवारी साधनको लागि सिटका आधारमा पनि बीमा शुल्क फरक पर्न सक्छ।
यसमा प्रति सिट ७ सय रुपैयाँ थप लाग्ने हुन्छ। गाडीको क्षमता १५ सय सिसीभन्दा माथि दुर्इ हजार रुपैयाँ अतिरिक्त लाग्ने हुन्छ। साथै माथिको मुल्यमा मुल्य अभिबृद्धि करले पनि फरक पार्न सक्छ।
मुल्य बीमा शुल्क
२०००००० २३९१६
२५००००० २९५०९
२८००००० ३२८६६
३०००००० ३५१०३
३५००००० ४०६००
४०००००० ४६२९०
४५००००० ५१८८३
५०००००० ५५६६६
६०००००० ६८६६५
१००००००० ११३४१२
तेस्रो पक्षलार्इ चोटपटक लागेमा अङ्गभङग भएमा शरिरको क्षति अनुसार दुर्इ लाखदेखि पाँच लाख रुपैयाँसम्म क्षतिपुर्ती पाउने ब्यवस्था रहेको छ। तेस्रो पक्ष मानब क्षतिको तथा सम्पत्ति क्षतिको अधिकतम दायित्व ८० लाख रुपैयाँसम्म हुने गरेको छ। तेस्रो पक्षको मृत्यु भएमा पाँच लाख रुपैयाँको बीमा हुन्छ।
मोटर साइकलको हकमा तेस्रो पक्षमात्र बीमा गर्दा अरु व्यस्था पनि छन्।
निजी बीमा कम्पनीमा बीमा गर्दा एक हजार सिसी क्षमताभन्दा कम मोटर साइकलको तीन हजार रुपैयाँ प्रिमियम बुझाउनु पर्छ। साथै एक हजारदेखि १६ सयसम्मको लागि चार हजार र १६ सयभन्दा माथिको लागि ४ हजार रुपैयाँ तिर्नु पर्छ। जसमा थप भ्याट बुझाउनु पर्छ।
यसको लागि कुनै कम्पनीले आफ्ना सर्भेयर मार्फत सर्भेक्षण गरेपछि दाबी भुक्तानी पाउँछन।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.