यसकारण बनेन ‘तेरे नाम’ को सिक्वेल

बलिउड , अभिनेता सलमान खानको अभिनय रहेको फिल्ममा तेरे नामको चर्चा धेरै नै हुने गर्छ । फिल्मको गीतसंगीतलाई त दर्शकले रुचाएका नै थिए साथै सलमानको हेयर स्टाइल समेत निकै फेमस भएको थियो । फिल्ममा सलमानले निर्वाह गरेको राधेको भूमिका निकै लोकप्रिय भएको थियो l

 

झन्डै १४ वर्ष अगाडी आएको यस फिल्मको सिक्वेल बन्ने धेरै नै चर्चा भयो । तर दर्शकले विस्वासिलो मध्यमबाट अझै पनि सिक्वेल बन्ने खबर पाएका छैनन् । तर फिल्मका निर्देशक सतिश कौसिकले यसको सिक्वेल बनाउने सोचेका थिए ।

 

उनले यसको लागि सलमानलाई अप्रोच पनि गरे तर सलमानले मानेनन् । हालै पनि सतिशले सलमानलाई फिल्मको सिक्वेलमा अभिनय गर्नको लागि आग्रह गरेका छन् तर सलमानले ठाडै अस्विकार गरेका छन् । सलमानले किन अस्विकार गरे यो त उनैले जानुन तर अब सतिशले फिल्म बनाउछन या बनाउदैनन् ? यो प्रश्नले बलिउडमा राम्रै चर्चा पाईरहेको छ । अब हेरौ सतिशले सलमानलाई मनाउछन् या उनि बिनानै फिल्म बनाउछन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.