सुर्खेत काठमाडौँ रुटमा ‘एयर बस’ सञ्चालन

भदौ १६, २०७४ सुर्खेत : यात्रुहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि हरेक वर्ष नयाँ सेवा सुविधासहितका बस सञ्चालन गर्दै आएको सुर्खेतको काँक्रेविहार बस व्यवसायी समितिले शुक्रबारदेखि अत्याधुनिक सेवा सहितका ‘एयर बस’ सञ्चालनमा ल्याएको छ।  प्रति गाडी ८३ लाखको लगानीमा काँक्रेबिहार यातायात व्यवसायी समिति सुर्खेतले उक्त ५ वटा एयर ससपेनसर नामक गाडी भित्रयाएको हो।

 

सुर्खेतबाट राजधानी काठमाडौँसम्म पुग्नका लागि रात्रीकालीन सेवा दिने गरी उक्त बस संचालनमा ल्याइएको हो। समितिका सचिव रमेश सापकोटाका अनुसार ४० सिट क्षमता भएको उक्त ‘एयर बस’ सुर्खेतदेखि काठमाडांैको लागि हरेक दिन साँझ ५ बजे छुट्नेछ। यात्रुका लागि १ हजार ६ सय रुपैयाँ भाडादर कायम गरिएको छ।

 

हाल यात्रुहरुले राजधानीसम्म पुग्नका लागि प्रयोग गरिरहेका गाडीहरुभन्दा यो गाडी स्तरीय रहेको समितिको दाबी छ। सुर्खेतदेखि राजधानी काठमाडौंका लागि सञ्चालनमा ल्याइएका बसहरु भारतको ‘सिना बडी विल्डर्स कम्पनीमा तयार गरेर नेपाल भित्राइएको सचिव सापकोटाले बताए। ८२ लाख रुपैयाँमा खरीद गरिएका प्रत्येक बस सुर्खेत–काठमाडौं रुटमा सञ्चालन हुनेछन्। अन्य बस भन्दा ‘एयर बस’ लामा र ठूला छन्।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.