‘सोमबारदेखि पानी पर्न कम हुने सम्भावना’

महाशाखाका एक मौसमविद् राजु प्रधानाङ्गका अनुसार “आइतबार पूर्वी नेपालको मौसमी अवस्थामा केही सुधार भइसकेको छ, तर मध्य र पश्चिम क्षेत्रमा वर्षा हुने क्रम रोकिएको छैन।”

 

उनले भने, “तर आइतबार अबेर र राति देशको अधिकांश भागमा अविरल वर्षा हुन सक्छ।”

 

उनका अनुसार अहिलेको मौसमी अवस्थामा सोमबारदेखि मात्र सुधार हुने सम्भावना छ।

 

कहाँ कति?

 

पछिल्लो विवरण अनुसार गत चौबिस घण्टामा सिमरामा २१७ मिलिमिटर, दाङमा १६७ मिलिमिटर र बांकेमा १६९ मिलिमिटर वर्षा भएको छ।

मौसमविद्हरुका अनुसार मनसुनको बादल सक्रिय भएको क्षेत्रमा न्यून चापीय प्रणाली मिसिएकोले देशभर भारी वर्षा भएको हो।

 

वर्षाका कारण पूर्वको मेची नदीदेखि पश्चिममा रापती नदी सम्मै बाढी र डुबानका समस्या देखिएको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.