४ दिनको बिदा मागेर हिडेंका वडा सचिव ३५ दिनदेखि बेपत्ता

भदौ १०, २०७४ गोरखा : जिल्लाको अजिरकोट गाउँपालिकाको वडा नं. ३ र ५ का वडा सचिव ३५ दिनदेखि गाउँपालिकाको बेपत्ता छन्।

गत साउनको ५ गते वडा नं. ३ वडा अध्यक्ष तयाराज गुरुङ्गसँग चार दिनको बिदा मागेर हिँडेका दिपकबाबु दर्जी अहिलेसम्म कार्यालयको सम्पर्कमा नआएको गाउँपालिकाका अध्यक्ष फडिन्द्र धितालले जानकारी दिए।  धितालले सचिवको अभावमा काम रोकिएको बताए।

सचिवले नै गर्नुपर्ने पञ्जिकरण लगायतको कामहरु अहिले वडाबाट हुन नसकेको वडा अध्यक्ष गुरुङ्गले बतान्।  ‘मसँग साउनको पाँच गते चार दिनको लागि बिदा चाहियो भनेर बिदा मागेर हिडेंका हुन्,’ गुरुङ्गले भने,‘नौ गते म जसरी पनि हाजिर हुन्छ। अहिले विदा दिनु पर्‍‍यो भनेपछि मैले बिदा दिँए। त्यसपछि एक पटक पनि सम्पर्क हुन सकेको छैन।’

दर्जीलाई फोन गर्दा गर्दा वडा अध्यक्ष गुरुङ्ग आजित भएका छन्। ‘म त फोन गर्दा गर्दा आजित भएको छु’ उनले भने ‘फोन उठाउन छोडेपछि म्यासेज त कति गरेँ गरेँ। तर म्यासेजको रिप्लाई नै आउँदैन।’ सचिव नहुँदा पञ्जिकरणका कामहरु, बसाइँसराईको सिफारिस, जन्मदर्ता, मृत्युदर्ता लगायतको कामहरु प्रभावित भएको छ।  वडा अध्यक्ष गुरुङ्गका अनुसार पञ्जिकरणको काम सचिवले नै गर्नुपर्ने कार्यविधि रहेको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.