उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा बालकृष्ण थापा बिजयी

काठमाडौं । काठमाडौं उपत्यका निर्माण व्यवसायी महासंघको अध्यक्षमा बालकृष्ण थापा विजयी भएका छन् ।

बुढाथोकीको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद गौतम र प्रथम उपाध्यक्षमा कबिन्द्र महर्जन बिजयी भएका छन् । साथै द्वितिय उपाध्यक्षमा बासु खड्का र महासचिवमा शान्त कुमार श्रेष्ठ पनि उनकै प्यानलबाट बिजयी भएका छन् ।

सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्षमा भने थापाका प्रत्यासि रामशरण बुढाथोकीको प्यानलबाट बिजयी भएका छन् ।

सचिवमा इश्वरराज पन्त , कोषाध्यक्षमा तिलकबहादुर लामा र सहकोषाध्यक्षमा मनोज श्रेष्ठ बिजयी भएको नेपाल निर्माण व्यवसायी महासंघले जानकारी दिएको छ ।

नयाँ पदाधिकारी चयनका लागि सोमबार चुनाव भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.