भोलि साउन २१ गते शनिवार कीर्तिपुरमा के के कार्यक्रम हुँदैछ सबैको जानकारीको लागि

१. वडा नागरिक मञ्च की.न.पा. ७ ले विष्णुदेवी मन्दिर परिसरमा सरसफाईको कार्यक्रम गर्दैछ । समयः बिहान ६.३० बजे

 

२. कीर्तिपुर ब्याडमिन्टन क्लबले “कीर्तिपुर ब्याड्मिन्टन कप —२०७४” प्रतियोगिताको आयाजन गर्दैछ । भोलि उद्घाटन कार्यक्रममा मेयर रमेश महर्जनले उद्घाटन गर्नुहुने । समयः विहान ७ बजे स्थान ः त्रि.वि.वि. विद्यार्थी क्लब भवन

 

३. सार्वजनिक सुनुवाई ः कीर्तिपुरको शान्ति सुरक्षा सम्बन्धि सार्वजनिक सुनाई हुँदैछ । प्रहरी सेवा केन्द्र कीर्तिपुर र सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा स्थान ः बाघभैरव बोर्डिंग हाईस्कुल, नयाँबजारको प्रांगणमा समय ः विहान ः ८ बजे

 

४. सम्मान कार्यक्रम ः युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार के.सी. एवं नेपाली कांग्रेस पार्टीबाट स्थानीय निकायमा विजयी उम्मेदवारहरुलाई सम्मान गरिने । आयोजक ः नेपाली कांग्रेस कीर्तिपुर नगरसमिति समयः विहान ७.३० स्थान ः होटल हिलसाईड कीर्तिपुर

 

५. संगीत श्रद्धाञ्जली ः कीर्तिपुरका बहुप्रतिभा व्यक्तित्व स्व.नविन महर्जनको ४५ औं पुण्यतिथिको अवसरमा संगीत श्रद्धाञ्जली कार्यक्रम हुँदैछ । आयोजक ः सुगम संगीत पुचः, कीर्तिपुर स्थान ः गुतपौं, कीर्तिपुर—१० समय ः दिनको २ बजे ।

 

यसको अलावा अरु कुनै कार्यक्रम भए कृपया खबर गरिदिनुहोला ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.