अमेरिकामा गरे अभिनेता राजवल्लभ कोईरालाले इन्गेजमेन्ट

कुनै समय नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजवल्लभ कोईरालाले अमेरिकामा इन्गेजमेन्ट गरेका छन् । अमेरिका नै बस्दै आएकी प्रतिमा बिमली संग उनले इन्गेजमेन्ट गरेका हुन् । राजवल्लभको अफिसियल फेसवुक एकाउन्ट बाट कुनै जानकारी नआएपनि सामाजिक संजालमा उनलाई शुभकामाना प्राप्त भैरहेको छ ।

चलचित्र ‘पर्खी बसे’ मार्फत नेपाली रजतपटमा कोईरालाले डेव्यु गरेका थिए ।  केहि वर्ष नेपाली चलचित्रमा काम गरेका कोईराला चलचित्र ‘हाइवे टु घम्पुस’ को छायाँकनका लागि अमेरिका पुगेका थिए ।  त्यसपश्चात उनि उतै बस्दै आएका छन् । प्रतिमा र राजको विवाह डिसेम्बरमा हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.