अवार्डको अन्तिम तयारी

काठमाण्डौं,१९ साउन

अमेरिकास्थित आयोजक कमिटीकाअनुसार अवार्ड समारोह अमेरिकाको कोलोराडोस्थित डेनभर शहरको होटल क्राउन प्लाजामा आउँदो अगष्ट १९ का दिन शनिवार दिउँसो ४:३० बजेबाट शुरु हुदैछ । गतवर्ष कात्तिक २७ गते सम्पन्न ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को त्यो दोस्रो संस्करण हो । अमेरिकामा नै पहिलो नेपाली फिल्म अवार्डका रुपमा सुरु गरिएको ग्लोबल नेपाली फिल्म अवार्डलाई आगामी वर्षदेखि विभिन्न राष्ट्रहरुमा आयोजना गरी विश्वव्यापी बनाउँदै लैजाने योजना रहेको अवार्ड संयोजक शैलेश पोखरेल बताउँछन् । अमेरिकामा पहिलो पटक नेपाली फिल्म अवार्डको सुरुवात् गरिएको यो अवार्ड गतवर्ष पहिलो भएकाले धेरैले चासोका साथ हेरेका थिए भने यो वर्ष पनि पहिलो अवार्ड नै अत्यन्त सफल भएकाले दोस्रो ग्लोबल फिल्म अवार्ड अझै प्रभावशाली र भव्य हुने चर्चा सहित अमेरिकाबासी नेपालीहरु अवार्डप्रति अत्यन्त उत्सुक छन् ।

 

गतवर्ष १२ विधाबाट सुरु गरिएको प्रत्येक वर्ष विधा बढाउने क्रममा यसपटक २० विधामा अवार्ड दिने संयोजक पोखरेल बताउँछन् ।

 

पहिलो नेपाली अवार्ड सम्पन्न भएपछि नेपालमा रहेका कलाकार र दर्शकहरुलाई पनि अवार्ड समारोह देखाउन नेपाल पर्यटनन बोर्डमा विषेश कार्यक्रमको आयोजना गरी अवार्ड समारोहको हाइलाइट स्क्रिनिंङ्ग देखाइएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि तत्कालिन परराष्ट्रमन्त्री महतले अमेरिकामा नेपाली फिल्म अवार्डको सुरुवात् हुनु आफैंमा प्रशसनीय काम भएको भन्दै नेपाली चलचित्र अन्तरराष्ट्रियकरण हुदै जानु राम्रो पक्ष भएको बताएका थिए ।

 

कार्यक्रममा नेपालबाट अनमोल केसी, भुवन केसी, टीका पहाडी, शिव श्रेष्ठ, सुनील थापा, कृष्ण मल्ल, शर्मिला मल्ल, जितु नेपाल, माग्ने बूढा केदार घिमिरे, दीपाश्री निरौला, राजेन्द्र शलभ, रामकेसर बोगटी, मदुकुमार श्रेष्ठ, जादुगर महादेव त्रिपाठी, रवीन्द्र खड्का, केकी अधिकारी, प्रियंका कार्की, रमेश बुढाथोकी लगायत अन्य थुप्रै कलाकारहरू कोलोराडो जाने भएका छन् ।

 

दोस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्डका लागि पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महत अमेरिकाको कोलोराडो जाने भएका छन् ।

यहि अगष्ट १९ अर्थात् भदौ ३ गते हुन लागिरहेको दोस्रो खुम्बु कोल्च ग्लोबल नेपाली अवार्डका लागि मन्त्री महत प्रमुख अतिथिका रुपमा अमेरिका जाने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.