‘कृ’ सेटमा भुवनसंगै जिया

काठमाण्डौ

यस वर्षको प्रतिक्षित फिल्म मध्यको एक ‘कृ’ को छायाँकन अझै सकिएको छैन । मौसमले साथ् नदिएको भन्दै निर्माण युनिट काठमाण्डौ फर्किएका छन् भने फिल्मको डेट पनि दुई पटक सरिसकेको छ । पोखरा हुदै धम्पुससम्म फिल्म युनिट छायाँकनको लागि पुगेता पनि मौसमले भने साथ् दिएन । यता फिल्मका नायक अनमोल केसी एक अवार्डमा सहभागी हुन् अमेरिका पुग्नु परेपछि अब शुटिङ केहि समयको अन्तरालपछी मात्र सकिनेछ । छायाँकन नहुन सकेपछी निर्माण टिममा रहेका केहि सदस्यले यतिबेला फेसबुकमा तस्वीरहरु अपलोड गरिरहेका छन् । केहि दिन अघि निर्माता मध्यका एक सुवास गिरिले केहि तस्वीर सामाजिक सञ्जाल मार्फत बाहिर ल्याएका थिए ।

 

सुवासपछी फिल्मका अर्का निर्माता भुवन केसीले पनि ‘कृ’ छायाँकनको केहि तस्वीर बाहिर ल्याएका छन् । जसमा जिया केसी पनि देखिएकी छिन । केहि समय यता भुवन र जिया लिभिङ टुगेदरमा रहेको चर्चा चल्दै आएको छ , जसलाई यस्ता तस्वीरले सत्यतामा बदल्दै गएका छन् । फिल्मको सार्वजनिक प्रेस विज्ञाप्तिहरुमा जियाको नाम कहिँ कतै क्रेडिटमा देखिएको छैन । तर पनि जिया छायाँकनमा पुग्ने र विभिन्न कमेन्ट गर्ने गरेको बुझिएको छ । फिल्मी करियर उकालो नलागेको जियाको चर्चा भुवनकै कारण बेला बखतमा भने हुने गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.