दिपकराज गिरीले गरे बौद्धिक सृजनाको चोरी !

काठमाडौं । विवादीत बनिरहेको छक्का पञ्जा २ को गीत बौद्धिक चोरी भएको पुष्टि भएको छ । उक्त चोरीको गीतमा आफ्नो नाम राखेर कलाकार दिपकराज गिरीले दुनियाँलाई झुक्याउने प्रयास गरेका छन् ।

युट्युवमा चलिहरेको ‘हिलो लाग्ला नाइलनको साडीमा’ बोलको गीतको शव्दमा संगीतकार अलमोडा राना उप्रेती र दिपकराज गिरीको नाम लेखिएको छ । गीतलाई आधुनिक शैलीको बनाउनका लागि कहिँ कतै नयाँ शव्द थपिएपनि संगीत पनि चोरी गरिएको छ ।
नेपाली फिल्म क्षेत्रमा सृजनात्मक प्रहार गर्ने दिपकराज गिरीले गरेको बौद्धिक चोरीकाविरूद्ध मुद्दा हाल्ने तयारी पनि भएको छ । यस विषयमा गिरीलगायत छक्कापञ्जा निर्माण पक्षले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

असोज ११ गते रिलिजको तयारी भएको फिल्मको उक्त गीत युट्युवमा भाइरल भइरहेको छ । तर, यो चोरीलाई आफ्नो सृजना भन्नेहरूले सामान्य प्रतिक्रिया पनि दिएका छैनन् ।

करीब ५० बर्ष अगाडि कान्छा मगर नेपालीले सिर्जना गरेका थिए । श्याम नेपालीका छोरा प्रिन्स नेपालीले उक्त गीत एरेन्जका लागि अल्मोडा राना उप्रेतीलाई दिएका थिए । एरेन्ज सकेपछी अल्मोडाले आफु पनि यो गीत गाँउन इन्ट्रेस्टेड भएको भने पछी प्रिन्स कन्भिन्स भएका थिए ।
गीत रेलिज हुँदा पहिले डिटेल्समा समेत कान्छा मगर नेपालीको नाम थिएन पछी राखियो । गीत रचनामा दिपक राज गिरी र प्रिन्सको नाम राखिएको छ, के यो अनुमती लिएरै गरिएको हो? भिडियोको क्रेडिट टाइटलमा संगीतकारको नाम नै छैन ।

अल्मोडाले आफुहरूलाई जानकारी नदिएको निर्माता दीपक राज गिरी को भनाई छ ।
ख्यातिप्राप्त लोकगायक रामशरण नेपालीका पिता, विश्वका प्रख्यात सारङ्गीवादक श्याम नेपालीका हजुबुवा र किरण नेपालीहरूका गुरू र मार्गदर्शक पनि हुन् कान्छामगर नेपाली ।

यता, उक्त गीत चोरीको विषयमा धेरे कलाकारहरूले सांकेतिक विरोध गरेका छन् । गायिका अस्था राउतले व्यंग्यात्मक शैलीमा सामाजिक सञ्जालमा लेखेकी छन्,‘लाली पाउडर दलिदिएको भनेर अर्काकी श्रीमतिलाई आफ्नो भन्न पाइन्छ ?’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.